free website hit counter

नेपाली कामदारलाई कुवेत जान रोक

beemaadmin
२०७७ श्रावण १६, शुक्रबार

एजेन्सी। कोरोना कहरले विश्व अर्थतन्त्रलाई धरासायी बनाएको छ । कोरोनाका कारण विश्वमा लाखौं मानिसले रोजगारी गुमाएका छन् । लाखौं नेपाली युवा पनि रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । यसरी पुगेका युवालाई पनि कोरोना कहरले नराम्रोसँग गाँजेको छ । कोरोना कहरकै कारण लाखौं नेपाली युवा बेरोजगार भइरहेको बेला कोरोनामा महामारीका कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन्। कुवेतले आगामी अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान शुरु गर्दैछ। उसले नेपालगायत भारत, श्रीलंका, बंगलादेश, ईरान र फिलीपींस बाहेकका मुलुकका मानिसहरुले कुवेत जान पाउने बताएको छ। यस्तो प्रतिबन्ध कहिलेसम्म हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन। तर, कुवेतले नेपालीहरुमाथि प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा नकरात्मक असर पर्ने देखिएको छ। कोरोना महामारी शुरु हुनुभन्दा अगाडि कुवेत नेपालीका लागि आकर्षक रोजगार गन्तव्य थियो। तर कोरोना महामारी शुरु भएसँगै वैदेशिक रोजगारीमाथि संकट आएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार