काठमाडौं । पछिल्लो दिनमा कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको छ । समुदाय स्तरमा समेत संक्रम फैलिएको बताइएको छ । काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।