free website hit counter

कोरोनाको ठ्याक्कै उपचार कहिल्यै नभेटिने चेतावनी

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

एजेन्सी। विकसित मुलुकका वैज्ञानिकहरु रातोदिन कोरोना विरुद्धको औषधि पत्ता लगाउने अभियानमा रहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस ठ्याक्कै उपचार कहिल्यै नभेटिन सक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले एक भर्चुअल कन्फ्रे न्सलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  उनले भने, अहिलेसम्म यो भाइरसको लागि कुनै निश्चित उपचार उपलब्ध छैन र कहिले पनि उपलब्ध नहुन पनि सक्छ ।

Advertisement
Advertisement

एक दिनअघि मात्र डब्ल्यूएचओले अझै लामो समयसम्म कोरोना भाइरसको महामारी कायम रहन सक्ने बताएको थियो । यद्यपि अहिले विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । साथै यसको परीक्षण पनि भइरहेको छ । यद्यपि अहिलेसम्म कुनै निश्चित खोप बजारमा भने आएको छैन । अहिले अमेरिका, बेलायत र चिनियाँ कम्पनीले निर्माण गर्दै गरेको खोपको अन्तिम चरणको परीक्षण चलिरहेको छ । स्रोत : बीबीसी

Advertisement
Advertisement

सम्बन्धित समाचार