free website hit counter

सिटिजन लाइफले बढायो नाफा

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा बजारमा आफ्नो गर्बिलो उपस्थिति देखाएको छ । कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब नजिक पुगेको छ।

आर्थिक वर्ष ०७५–०७६ को चौथो त्रैमासमा १ अर्ब १२ करोड खुद बीमा शुल्क आर्जन गरेकोमा आर्थिक वर्ष ०७६–०७७मा १ अर्ब ९२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ। यसरी नयाँ जीवन बीमा कम्पनी भए पनि छोटो समयमा नै कम्पनीले आक्रामक व्यापार गर्दै आएको छ।

Advertisement
Advertisement

समिक्षा अवधिमा खुद मुनाफा पनि १५ करोड ३६ लाखबाट वृद्धि भएर २० करोड माथि पुगेको छ। तर जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा भने बीमांकीय मूल्याङकनपछि मात्र देखिन्छ।

Advertisement
Advertisement

कुल बीमा शुल्क आर्जन यस वर्ष १ अर्ब ९६ करोड पुग्दा कम्पनीमा कायम कुल बीमालेख संख्या १ लाख २४ हजार रहेका छन्। १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब ६७ करोड रहेको छ।

कम्पनीले महा विपत्ति जगेडामा ४ करोड २७ लाख रुपैयाँ राखेको देखिन्छ। समिक्षा अवधिमा कम्पनीले आक्रामक रुपमा जगेडा कोष, जीवन बीमा कोषको आकार वृद्धि गर्न सफल भएको छ।

सम्बन्धित समाचार