free website hit counter

एनएलजीले गर्यो लाभांशको घोषणा

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ।

Advertisement
Advertisement

यस अनुसार इन्स्योरेन्सले ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। यसका साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ।

Advertisement
Advertisement

सम्बन्धित समाचार