free website hit counter

लामो दुरीका गाडी र हवाई यातायात भदौ १५ सम्म रोकिने

beemaadmin
२०७७ श्रावण २५, आईतवार

काठमाडौं। भदौ १ बाट लामो दुरीका सवारी साधन र हवाई यातायात सुचारु गर्ने यसअघिको निर्णयलाई परिमार्जित गर्दै पछिल्लो समयमा बढ्दै गएको कोरोना संकटलाई ध्यान दिएर भदौ १५ सम्म लामो दुरीका सडक यातायात र हवाई यातायात सञ्चालन नगर्न सिफारिश भएको छ ।

कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीको जोखिम कम नभएको भन्दै लामो दूरीको यातायात र हवाई सेवा आगामी भदौ १५ सम्म शुरु नगर्न सिफारिस गरेको हो। सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै यस्तो सिफारिस गरेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार भदौ १५सम्म विद्यालय पनि नखोल्न सुझाव दिएको छ।

Advertisement
Advertisement

यसअघि सरकारले भदौ १ गतेबाट लामो दूरीको यातायात हवाई सेवा शुरु गर्ने निर्णय गरेको थियो। तर, पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गरेका थिए। उनले विज्ञहरुको सुझाव तथा सीसीमएसीले समिक्षा गरेपछि आवश्यक निर्णय लिने बताएका थिए।

Advertisement
Advertisement

सम्बन्धित समाचार