free website hit counter

अख्तियारभरि कोरोना : प्रमुखसहित ४१ कर्मचारी संक्रमित

beemaadmin
२०७७ श्रावण २७, मंगलवार

काठमाडौँ । सामान्य नागरिक मात्र होइन कोरोना कहरबाट भीआईपी पनि प्रताडिन हुन थालेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

सम्बन्धित समाचार