free website hit counter

नेपाल लाइफको बीमाशुल्क २७ अर्ब, खुद नाफा ५२ करोड

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । नेपालको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १९ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैंयाबाट बढेर ५३ करोड ३ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा ७१ लाख रुपैंयाले बढेको देखिएको हो ।

Advertisement
Advertisement

कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थप हुने देखिन्छ । समिक्षा अवधिमा कम्पनीले ४० हजार २४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैंया भुक्तानी गरेको छ भने १ अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोडरुपैंया रहेको भने जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैंया छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार