free website hit counter

सिन्धुपाल्चोकमा ५ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । प्राकृतिक विपत्तिको चपेटामा परिरहने जिल्ला सिन्धुपालचोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ५ जनाको शव भेटिएको छ। घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ। त्यसमध्ये ५ जनालाई उद्धार गरिएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ।

घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ। यसैगरी मनाङ एयरको हेलिकप्टरबाट घाइते एमजी लामालाई काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ। प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार