free website hit counter

उपत्यकाका ९८, देशभर ४६८ जनामा कोरोना संक्रमण

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

काठमाडौं । कोरोना कहरले नेपाललाई सताइरहेको बेला पछिल्लो २४ मा देशभर ४६८ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

संक्रमितमा काठमाडौं उपत्यकाका ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको हो ।

Advertisement
Advertisement

आज आइसोलेसनमा ८ सय १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना संक्रमित आइसोलेसनमा रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन् । आज ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताए । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन् ।

Advertisement
Advertisement

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपनि पछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

सम्बन्धित समाचार