free website hit counter

गुराँस लाइफको खुद बीमाशुल्क २ अर्ब २० करोड, नाफा पनि बढ्यो

beemaadmin
२०७७ श्रावण ३२, आईतवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासको अवधिसम्म आइपुग्दा २ अर्ब २० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा १ अर्ब ८९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
यसैगरी कम्पनीको खुद नाफा ९ करोड ४९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले बढेको हो । समिक्षा अवधिमा कम्पनीले १ हजार ३ सय ६२ वटा दाबी वापत ५४ करोड ३५ लाख रुपैंया भुक्तानी गरेको छ भने २२ वटा बीमा दाबी वापतको ४५ लाख ९३ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड रुपैंया संचित रहेको छ भने जीवन बीमा कोष ७ करोड ६६ लाख रुपैंया छ ।

सम्बन्धित समाचार