free website hit counter

सार्वजनिक भयो एसईई नतिजा, यहाँ हेर्न सकिन्छ

beemaadmin
२०७७ भाद्र १, सोमबार

काठमाडौं । नेपालको इतिहासमा बिना परीक्षाको पहिलो पटक नतिजा सार्वजनिक भएको छ । गत चैत्र ६ गतेदेखि तोकिएको परिक्षा ५ गते बेलुका आएर स्थगित भएको थियो । करिब पाँच लाख विद्यार्थीहरुलाई सरकारले लिखित परिक्षा नलिई पहिलो पटक कक्षामा गरिएको मूल्याङ्कन प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । सोमबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नतिजा यहाँ हेर्न सकिन्छ

निर्धारित परिक्षा स्थागित भई पुनः परिक्षा सञ्चालन गर्ने अवस्था नभएपछि सरकारले विद्यालयले गर्ने आन्तरिक मूल्यांकनलाई नै आधिकारिता दिने निर्णय गरेको थियो । हरेक विद्यालयले जिल्ला समन्वय ईकाई मार्फत विद्यार्थीको नतिजा बोर्डमा पठाएकोमा सोही विद्यालयको प्रतिवेदनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार