free website hit counter

चौविस घण्टामा उपत्यकामा थपिए १८२ जना संक्रमित

beemaadmin
२०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । कोरोना संक्रमण फैलिएको राजधानी काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement
Advertisement

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

Advertisement
Advertisement

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ। पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार