free website hit counter

१० लाखले दिए बेरोजगारी बीमा आवेदन

beemaadmin
२०७७ भाद्र ६, शनिबार

एजेन्सी । कोरोना कहरले विश्व अर्थतन्त्रलाई धरासायी बनाएको छ । ठूला र सम्पन्न भनिएका देशहरुमा समेत बरोजगारहरुको संख्या बढ्दो अवस्थामा छ । हाम्रो जस्तो विकासोन्मुख देशहरुको अर्थतन्त्र त कोरोनाले तहसनहस नै बनाएको छ ।
संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो ।
गएको पाँच महिनामा अमेरिकामा कोरोना भाइरसको प्रकोप देखिएको छ । यहाँ हाल कम्तीमा पनि ५६ लाख नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यहाँको अर्थतन्त्र तथा रोजगारीहरुमा पनि नराम्रोसँग ह्रास आएको पाइएको छ । यस्तो बेरोजगारी संख्या यहाँ बढ्दै गएको देखिएको छ । पछिल्लो समयमा ११ लाख नागरिकले बेरोजगारी बीमाको फारम भरेका छन् । यो संख्या अघिल्लो हप्ताको तुलनामा बढी हो । अघिल्लो हप्ता यहाँ यो फारम भर्ने व्यक्तिको संख्या ९ लाख ७० हजार मात्र थियो । यहाँको सरकारले महामारी बेरोजगार सहायता पनि दिइरहेको छ । सो सहायता अन्तर्गत यो बीमा पनि पर्दछ । त्यसैले नागरिकहरुले पहिलो पटक यति धेरैले यो फारम भरेका हुन् । यहाँका आर्थिक क्षेत्रका अधिकारीहरुले अमेरिकामा कारोना भाइरसको प्रकोप अहिलेजस्तो गरी बढ्दै जाने हो भने यो बेरोजगार नागरिकहरुको दर पनि ठूलो मात्रामा बढ्दै जाने बताएका छन् ।

सम्बन्धित समाचार