free website hit counter

एनएमबि बैंकले शुरु गर्यो एकीकृत कारोबार

beemaadmin
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पछि एनएमबि बैंकले एकीकृत वित्तीय काराबारको शुरु गरको छ । बैंकले एनएमबि बैंक लिमिटेडको नामबाटै सेवा शुरूवात गरेको हो । यस प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रूपैयाँ तथा जगेडा कोषको आकार बढेर ७ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ । यससँगै बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । एकीकृत वित्तीय कारोबारको थालनीसँगै, एनएमबि बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड  समेत बलियो रुपमा स्थापित हुने बैंकले जनाएको छ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुर्याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्दत गर्ने बैंकको विश्वास छ । यस एनएमबि बैंकमा एफएमओ, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफएमओ निदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्ट्याण्डर्ड एण्ड पोर्स तथा फिचजस्ता संस्थाहरुले एएए रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय विकास बैंक हो । एफ।एम।ओ। सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पुर्याएको छ । यस बैंक बैंक अफ द ईयर २०१७ र बैंक अफ द इयर २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो ।

सम्बन्धित समाचार