काठमाडौं । कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित भइरहेका छन् । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको बताइएको छ ।
संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए । उनीहरुलाई बारास्थित गण नम्बर ४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो । संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ । १५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।