free website hit counter

सगरमाथा इन्स्योरेन्सको २३औं साधारणसभा सम्पन्न

beemaadmin
२०७७ भाद्र १४, आईतवार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २३औं भर्चुअल साधारणसभा सन्पन्न भएको छ । साधारणसभाले आव २०७५/०७६ मा लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको छ । अघिल्लो आवमा ठूलो मात्रामा लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने जनाएको छ । भर्चुअल साधारणसभामा अध्यक्ष आरके मानन्धरले आगामी वर्ष मुनाफा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको बीमा व्यवसाय बृद्धि हुँदै गएकाले आगामी दिनमा मुनाफा वितरण गर्न कुनै समस्या नहुने घोषणा समेत मानन्धरले गरेका छन् ।

एनएफआरएस र सापटी लिएर गत वर्ष मुनाफा वितरण गरिएकाले यस वर्ष सो ऋण कोषमै फिर्ता गर्नु परेकाले पनि मुनाफा वितरण गर्न नसकिएको बताइएको थियो । लगानीकर्ताहरुले लाभांश नदिने घोषणामाथि चासो राखे पनि अध्यक्ष मानन्धर र सिईओ क्षेत्रीले भने आगामी वर्ष मुनाफा वितरण गर्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष मानन्धरले कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आवको तुलजनामा १ अर्ब ८१ करोडले वृद्धि गरी २ अर्ब १९ करोड ४७ लाख ४६ हजार रुपैयाँ प्रिमियम संकलन गरेको जानकारी जुममार्फत साधारणसभामा सहभागीहरुलाई दिएका छन् । गत आवमा कम्पनीले १८.४३ प्रतिशतले बीमाशुल्क संकलन बढाएको जानकारी दिइयो भने कम्पनीको बीमाकोष, महाविपत्ति तथा अन्य जगेडा कोष गरी ७३ करोड ८ लाख ७८ हजार बराबरको रहेको अध्यक्ष मानन्धरले साधारणसभामा जानकारी दिए । साधारणसभामाले मर्जरमा जाने प्रस्ताव पारित गर्दै मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिएको छ ।

सम्बन्धित समाचार