free website hit counter

नेपालीकै हत्या अभियोगमा मलेसियामा समातिए अर्का नेपाली

beemaadmin
२०७७ आश्विन ५, सोमबार

क्वालालम्पुर । एक नेपालीको हत्या अभियोगमा अर्का नेपाली मलेसियामा पक्राउ गरेका छन् । जलन गुर्ने २ मा रहेको एक सोसाइटीमा गएको बिहीबार भएको झगडाका क्रममा ती नेपालीले अर्का एक नेपालीको हत्या गरेको आरोप छ । मलेमेलका अनुसार पक्राउ परेका र मारिने दुवै नेपाली सुरक्षागार्ड हुन् । वाङसु माजु जिल्लाका प्रहरी प्रमुख सुरेरिटेण्डेन्ट राजब अहद इस्माइलीका अनुसार ३० वर्षका आरोपीलाई पाहाङ, बेन्टोंगको काम्पुङ बुकिट टिङगी नजिकैको तरकारी फार्मबाट शनिबार बिहान १ बजे पक्राउ गरिएको हो । उनका अनुसार पुलिसले शुक्रबार २.४० मा विदेशीहरुबीच झडप भएको खबर पाएको थियो ।
पुलिस घटनास्थल पुग्दा २७ जर्षका एक नेपाली मृत भेटिएका थिए । उनलाई धारिलो हतियार प्रहार गरिएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार मृतक र आरोपी दुवैले एउटै कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्ने र विगत ६ महिनादेखि कम्पनीकै होस्टेलमा बस्दै आएको पाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार