free website hit counter

असोज १९ मा प्रभु लाइफको साधारण सभा

beemaadmin
२०७७ आश्विन ५, सोमबार

काठमाडौं । स्थापनाको छोटो समयमै बीमा बजारमा आफ्नो प्रभावशाली उपस्थिति जनाएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेश्रो वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ ।

कम्पनीको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा काठमाडौँ म्यारियट होटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७/र७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोकिने लगायतका एजेण्डा रहेको छ । कम्पनीले हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई सुरक्षा मापदण्ड अवलम्बन गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार