काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स लमजुङले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी वापत चेक रकम हस्तान्तरण गरेको छ । यूनियन लाइफ इन्स्योरेन्स बेसीशहर शाखा लमजुङले मस्र्याङ्दी गाउँपालीकाको ८ मा कार्यक्रमको आयोजना गरी १४ लाख बराबरको मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो ।
मस्र्याङ्दी गाउँपालीका ८ बत्तिसेमुल घर भई बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा पुगेर जीवन गुमाएका खुसबहादुर गुरुङको परिवारलाई मस्र्याङ्दी गाउँपालीका ८ का वडाध्यक्ष हिरादेवी गुरुङ र कम्पनीको बेसीशहर शाखाका प्रमुख सन्तोष श्रेष्ठले संयुक्त रुपमा सो चेक उहाँको श्रीमती सन्तमाया गुरुङलाई हस्तान्तरण गरेका थिए ।
विगत २४ बर्षदेखि साउदी अरबको लेदर कम्पनीमा कार्यरत रहेका गुरुङको गत जेठ महिनामा मुटुको समस्याका कारण निधन भएको थियो ।
चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष हिरादेवी गुरुङले कोभीड १९ का कारण विश्व नै आतंकित भएर आर्थिक समस्या उब्जिरहेको समयमा कम्पनीले सुरक्षित तरिकाले बीमितकै घर आगँनमा आएर रकम प्रदान गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा मस्र्याङ्दी गाउँपालीका ८ का वडा सदस्य अजिता विक, वडा नम्बर ८ का नेकपा वडा कमिटी अध्यक्ष कमल बहादुर गुरुङ, सिमलचौर स्वास्थ्य चौकी प्रमुख कमला हमाल हरिजन, समाजसेवी बुधराज गुरुङ, कम्पनीका कर्मचारी विन्दुमाया कुमाल लगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।