free website hit counter

कोरोनाले लियो मन्त्रीकै ज्यान

beemaadmin
२०७७ आश्विन ८, बिहीबार

नयाँ दिल्ली । कोरोनाकै कारण पूर्व राष्ट्रपति गुमाएको भारतले एक केन्द्रीय मन्त्री समेत गुमाउन पुगेको छ । भारतको रेलवे राज्यमन्त्री तथा भारतीय जनता पार्टीका सांसद सुरेश अँगाडीको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमित उनको हिजो बुधवार मृत्यु भएको हो। भारतमा केन्द्र सरकारका मन्त्रीकै कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना हो। हिजो साँझ ८ बजे उनको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनको एम्सको ट्रमा सेन्टरमा मृत्यु भएको हो। कोभिड १९ परीक्षण पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

सुरुमा उहाँको अवस्था सामान्य नै थियो। सोमवार साँझबाट भने उहाँमा केही समस्या देखिन थाल्यो, अस्पतालका चिकित्सकले उनलाई बचाउन नसकिएको स्वीकार्दै बताएका छन्। सुरेश अँगाडी बेलागाभीबाट चौथो पटक सांसद रहिसकेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार