free website hit counter

अपहरणमा परेका नेपाली युवाको भारतमा हत्या

beemaadmin
२०७७ आश्विन १३, मंगलवार
दिल्ली। भारतको महाराष्ट्र ठाणा जिल्ला उल्लासनगर क्याम्प– ४ मा एक नेपाली युवालाई हत्या गरी हाजी मलङ्गड भन्ने स्थानमा शव फालिएको अवस्थामा फेला परेको छ। पीडित परिवारले जानकारी दिएको जानकारी अनुसार २६ सेप्टेम्बर शनिबार राति १२ जनाको अज्ञात समूहले फिल्मी शैलीमा भरत परियारसहित उनका साथीलाई अपहरण गरी हत्या गरेका हुन्। भरत परियारका साथी भने अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका थिए। नेपाल घर दैलेख जिल्ला दुल्लु नगरपालिका–३ घर भएका परियार रोजगारीको सिलसिलामा आमा बुवासहित मुम्बईको उल्लासनगर क्याम्प–४ को सोसाइटीमा बसोवास गर्दै आएका थिए। मृतक भरत परियारका दाजु प्रेम परियारले दिएको जानकारी अनुसार भरत परियारलाई शनिबार राति १०र१२ जनाको अज्ञात समूहले हातपात गरी अपहरण गरेका थिए। खोज तलास गर्दा भोलि पल्ट भरतको शव भेटिएको हो।
हत्याको दुई दिनपछि भरतको शव पोस्टमार्टम गरी सोमबार अन्तिम संस्कार गरिएको थियो। भरतको हत्याको कारण खुल्न नसकेको परियारले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार