free website hit counter

नेको इन्स्योरेन्सले संस्थापक शेयर लिलाम बिक्री गर्ने

beemaadmin
२०७७ आश्विन १३, मंगलवार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले असोज २० गतेदेखि आवेदन दिन सक्नेछन्।

सो शेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार