free website hit counter

शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेकै निरन्तरता

beemaadmin
२०७७ आश्विन १३, मंगलवार

काठमाडौं । बीमा क्षेत्रमा झण्डै ३ दशक बिताइसकेका दीप्रकाश पाण्डे शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नियुक्त भएका छन् । पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको हो । दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो ।
बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघको अध्यक्ष समेत रहेका पाण्डेको पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् ।
२०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् ।

सम्बन्धित समाचार