free website hit counter

करोडौं चोरेर भागेका चोर फेसबुक चलाउन नजान्दा चिरिप्पै

beemaadmin
२०७७ आश्विन १४, बुधबार

काठमाडौं। प्रविधिको प्रयोगले विश्वलाई साँघुरो बनाएको छ । प्रविधिको प्रयोगले अपराधलाई पनि बढाएको छ भने त्यही प्रविधिले अपराधीलाई कठघरामा उभ्याएको पनि छ । नयाँ दिल्लीमा एक ७८ वर्षीय व्यवसायी र उनको पूरै परिवारलाई औषधि खुवाइ बेहोस पारेर घरका मूल्यवान सामानहरु चोरेर फरार भएका एक नेपाली ९ महिनापछि पक्राउ परेका छन् । दिल्ली पुलिसका अनुसार उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् ।

पुलिसले उनको फेसबुकलाई निरन्तर निगरानीमा राखेको थियो । उनका एक साथीले एक पोस्टमा उनलाई ट्याग गरेपछि उनी कहाँ छन् भन्ने खुलासा भयो र पुलिसले उनलाई पक्राउ गर्यो । ती नेपालीले दिल्लीका व्यवसायीको लाइसेन्स प्राप्त रिभल्भर समेत चोरेर फरार भएको दिल्ली पुलिसलाई उद्धृत गर्दै समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । पुलिसले शनिबार उनलाई पक्राउ गरेपछि घटनाबारे खुलासा गरेको हो । पक्राउ परेका नेपालीको नाम धीरेन्द्र शाही रहेको पुलिसले जनाएको छ । उनी गएको डिसेम्बरमा व्यवसायीको घर लुटेर फरार भएका थिए । उनी त्यहाँ कुकको रुपमा कार्यरत थिए ।
अहिले उनी फेसबुक पोस्टका कारण पक्राउ परेका हुन् । उनका एक साथीले आफ्नो फेसबुक पोस्टमा उनलाई ट्याग गरेपछि पुलिसले उनीबारे सुराग पाएको थियो । पुलिसका अनुसार उनले यही वर्ष दिल्लीको सब्जी मण्डीमा पनि अर्का व्यवसायीको घरमा पुरानै तरिका अपनाएर डेढ करोड चोरी गरेका थिए । डिसीपी साउथ अतुल कुमार ठाकुरका अनुसार घर र कम्प्लेक्समा जडान गरिएका सीसीटिभी फुटेज जाँच गर्दा शाहीले अन्य तीन सहयोगीसँग मिलेर चोरी गररेको पाइएको थियो । ‘घटनापछि आरोपीहरु नेपाल फरार भएका थिए तर प्राविधिक रुपमा निगरानी गरिराख्दा उनलाई उनका एक साथीले फेसबुकमा एउटा फोटोमा ट्याग गरेको पाइयो’ डिसीपी ठाकुरले भने । पुलिसका अनुसार फेसबुक पोस्टमा उनी ट्याग भएपछि पुलिसले उनको लोकेसन ट्रेस गर्दा उनी पंजाबमा भएको खुलासा भएको थियो । उनको लोकेसन पत्ता लागेपछि पुलिसको एक टिम उनलाई खोज्दै गएको थियो । उनी मोहालीमा एक गेष्ट हाउसमा केयरटेकरको रुपमा कार्यरत थिए । पुलिसले उनलाई पक्राउ गरेको छ ।
अनुसन्धानमा ती अभियुक्तले अन्य ३–४ जना साथीहरुसँग मिलेर चोरी गर्ने गरेको खुलेको छ । उनीहरुले दिल्लीमा व्यवसायीहरुलाई लक्ष्य बनाउँथे । पुलिसका अनुसार यो ग्याङले हरेक लक्ष्यलाई लुटनको लागि औषधि खुवाएर बेहोस बनाउने एउटै तरिका अपनाउँथे । चोरीपछि यो ग्याङ नेपाल भागेको र लकडाउनअघि भारत फर्केर पंजाबमा काम गर्न थालेका थिए । पुलिसले उनका अन्य साथी अभियुक्तहरुको खोजी भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार