कोहलपुर । जीउनेहरुको सहारा बनेको जीवन बीमा त्यसैले महत्वपूर्ण मानिनन्छ । जसले बाँच्नेहरुलाई सहारा दिँदै आएको छ । एलआइसी नेपाल कर्पोरेशन लिमिटेड ( एलआइसी नेपाल) ले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले कोहलपुर नगरपालिका वार्ड नं २ घर भएको दुर्गा बहादुर बिष्टको परिवारलाई कम्पनीले दाबी भुक्तानी गरेको जनाएको छ । बिष्टले एलआइसी नेपालमा दुई बर्ष पहिले आफ्नो २५ लाखको र छोरीको ५ लाखको जीवन बीमा गरेका थिए ।
ब्रेन ट्यूमरको कारणले उनको असामयिक दुखद निधन भयो, यस्तो कठिन घड़ीमा एलआइसी नेपालले मृत्यु दाबी बापतको २९ लाख ९५ हजार को चेक र ५ लाखको बीमा शुल्क मिनाहा लाभ सहित मृतकको पत्नी तथा हकवाला देबी बिष्टलाई हस्तान्तरण गरेको जनाएको छ ।