free website hit counter

यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ आश्विन २२, बिहीबार

काठमाडौं । बीमितका परिवारलाई यूनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरको छ । बेसीशहर शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरि मृत्यु दाबी भुक्तानी बापत १४ लाख रुपैयाँ बराबरको चेक आश्रित परिवारलाई हस्तान्तरण गरिएको हो ।

कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालीका ९ स्थायी घर भई बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहेका मृतक बसन्तबहादुर थापाको परिवारलाई सो चेक हस्तान्तरण गरेको हो । कम्पनीले थापाको परिवारलाई बीमाङ्क दाबी रकम १० लाख रुपैयाँ, क्रिया खर्च वापतको रकम १ लाख रुपैयाँ, शब नेपाल ल्याउदा भएको खर्चको वापत १ लाख रुपैयाँ, आय नोक्सानी वापतको १ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ बराबरको चेक रकम प्रदान गरेको हो ।

Advertisement
Advertisement

मृतक थापा नेपाल आर्मीमा १६ बर्ष कार्यरत रहि सेवा निवृत भएपछि बैदेशिक रोजगारीको क्रममा विगत ४ बर्षदेखी साउदी अरेबीयामा कार्यरत थिए ।

Advertisement
Advertisement

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आस गुरुङ, कालिका सहकारिका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया, व्यवसायी राजकुमार रम्तेल, जीवन दनाई, परशुराम नेउपाने, सागरबाबु श्रेष्ठ, सीता श्रेष्ठ लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार