free website hit counter

पिसिआर रिपोर्ट भिडाउँदै बीमा समिति

beemaadmin
२०७७ कार्तिक ५, बुधबार

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रिया लम्बिएका कारण बीमा व्यवासयप्रति नै मानिसको धारणा परिवर्तन गराउने अवस्था आएपछि बीमा समितिले नौ हजार भन्दा बढी कोरोना बीमाको दावी भुक्तानीको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय थालेको छ ।

कोरोना बीमा पुलमार्फत प्राप्त ९ हजार ३६२ वटा कोभिड–१९ पोजेटिभ रिपोर्ट स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रमाणिकरण गर्न लागेको हो । रिपोर्ट प्रमाणिकरण पश्चात दावी भुक्तानी थाल्ने बताइएको छ ।

Advertisement
Advertisement

असोज ३० गतेसम्म बीमा पुलमा प्राप्त दावी तथा सो दावी साथ पेश भएको कोभिड–१९ पोजेटिभ भएको पिसिआर परिक्षण रिपोर्ट स्वास्थ्य मन्त्रालयको तथ्याङ्कसँग जाँचेर प्रमाणिकरण गर्न लागेको हो ।

Advertisement
Advertisement

प्रमाणिकरण भएपछि कोरोना बीमाको दावी भुक्तानी तीव्र गतिमा हुने बीमा समितिले जनाएको छ । हालसम्म कोरोना बीमाको दावी भुक्तानी ९१ करोड रुपैयाँ बाँकी रहेको बीमा पुलले जनाएको छ । यद्यपि कम्पनीहरुमा परेको दावीको विवरण हिसाब गर्ने हो भने एक अर्ब ७० करोड नाघिसकेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा मात्रै १ अर्बभन्दा बढिको दावी परिसकेको छ । कम्पनीले सबै कागजात नपाएको भन्दै बीमा पुलमा तथ्याङ्क प्रमाणिकरणको लागि पठाउने प्रक्रियामा रहेको जनाएको छ ।

सम्बन्धित समाचार