काठमाडौं । भदौ पहिलो सातादेखि रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नाक, कान, घाँटीइ विशेषज्ञ प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले नियुक्ती पाएका छन्। उनलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार उपकुलपति नियुक्त गरेका हुन्।
उपकुलपति सिफारिस गर्न गठन गरिएको सर्च कमिटीले बाँस्कोटासहित तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। बाँस्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष समेत हुन्।
यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवनवान कोइरालालाई नियुक्ति गरेको छ । कोइराला त्रिवि उपकुलपतिको सूचिमा पनि पहिलो नम्बरमा थिए ।