free website hit counter

महालक्ष्मी लाईफद्वारा तालिम तथा सम्मान

beemaadmin
२०७७ कार्तिक २७, बिहीबार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब कार्यकारी प्रमुख रामेशवर श्रेष्ठ तथा मार्केटिङ प्रमुख प्रशान्त राज धमला, क्षेत्रिय प्रमुख लाल बहादुर थापा मगर लगायतका उच्च अधिकारीहरुको उपस्थितिमा ५० भन्दा बढि म्यानेजर, सिनियर एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजर तथा अभिकर्ता ५० हरुलाई सम्मान गरिएको सो कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

महालक्ष्मी लाइफ इन्स्योरेन्स लाहान शाखाका प्रमुख रामेश्वर महतोका अनुसार सो कम्पनीको लाहान शाखा, जनकपुर शाखा तथा बर्दिबास शाखा गरी कूल तीन वटा शाखा कार्यालयका अभिकर्ता, एजेन्सी तथा एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो । शुभदिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गर्दै बीमा जनचेतना जगाउन अभिकर्ता तथा एजेन्सीहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार