free website hit counter

यूएईमा अविवाहित जोडी साथमा बस्न पाउने, मदिरा पिउन खुकुलो

beemaadmin
२०७७ कार्तिक २८, शुक्रबार

एजेन्सी । कडा कानुनी व्यवस्था भएको संयुक्त अरब इमिरेट्स ९यूएई०ले शनिबार आफ्नो कानुनमा ठूलो संशोधनको घोषणा गरेको छ । अब यहाँको ‘मुस्लिम पर्सनल ल’ संशोधन भएसँगै यहाँ अविवाहित जोडी साथमा बस्न कानुनी रुपमा अनुमति पाउनेछन् ।

लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो तर अब त्यसो हुने छैन । मुस्लिम देशमा हराम मानिने मदिराको सेवनमा पनि केही छुट दिइएको छ । ‘अनर किलिङ’ अर्थात परिवारको प्रतिष्ठाको नाममा स्वेच्छाले विवाह गर्ने छोरीको हत्यालाई अब अपराध मानिनेछ ।

अल जजीराको रिपोर्टअनुसार यूएईले कानुनमा संशोधन गरेर व्यक्तिगत स्वतन्त्रताको दायरा बढाएको छ । यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको छ । यसलाई नयाँ यूएईको दिशामा बढाइएको कदम भनिएको छ ।

यूएईको सरकारी समाचार एजेन्सीले नयाँ शाही आदेशबारे जानकारी दिएको हो । आदेशमा यी सुधारको उद्देश्य देशको आर्थिक र सामाजिक प्रतिष्ठालाई प्रोत्साहित गर्नु र देशले सहिष्णुताको सिद्धान्तलाई बलियो बनाइरहेको सन्देश विश्वलाई दिनु भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार