काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक छलाङ मार्न थालेको छ । कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढेर ४० करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा २७ प्रतिशतले घटेर २ करोड ५४ लाख रुपैयामा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थिय। समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा तीन हजार ८३ वटा दाबी वापत २ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा १ अर्ब १५ करोड रुपैयाँ संचित रहेको छ ।