free website hit counter

यस्ता छन् नयाँ प्रदेश प्रमुख

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सोमबार बसेको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको बताइएको छ । मन्त्रिपरिषद्को सिफािरशमा यसअघिका सातै जना प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन् ।

को कहाँ ?
मन्त्रिपरिषदको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेसँगै सातवटै प्रदेशको भागवण्डा समेत गरेको छ। जसअनुसार सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको बताइएको छ ।

सम्बन्धित समाचार

सेफ सन्तोष साह पक्राउ काण्ड के हो?

beemaadmin
२०८३ जेष्ठ ३०, शनिबार

तोलामै पाँच हजारले बढ्यो सुन

beemaadmin
२०८३ जेष्ठ २९, शुक्रबार