काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ ।
पाण्डेले मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी सिईओमा नियुक्त गरेको हो ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन्।