free website hit counter

नेकपा कार्यकर्ताको नाममा दुई शब्द ! तपाईंहरूले बाकसमा भोट खसाल्नुभएको हो, विवेक होइन

beemaadmin
२०७७ मंसिर ४, बिहीबार
-नेकपाका दुबै अध्यक्ष जाली, भ्रष्ट, षड्यन्त्रकारी र पदलोलुप हुन् भन्ने अरू कसैले होइन, उहाँहरू आफैले परस्पर स्वीकार गर्नुभएको तथ्य हो ।
-‘यति’देखि वाइडबड़ी र ओम्नीसम्मका भ्रष्टाचारमा सरकारको संलग्नता पनि पार्टीकै सचिबालयको बहुमतले स्वीकार गरेको र दस्ताबेजीकरण गरेको अवस्था छ ।
-राष्ट्रपति राष्ट्रको नभएर एउटा पार्टीको, त्यसमा पनि एउटा गुट या एउटा व्यक्तिको बढ़ी भएको सत्य पनि दलदास बाहेक सबैलाई थाहै छ ।
-दलदेखि सरकारसम्मको रिमोट देशबाहिर रहँदै आएको त थाहा थियो तर यसअघि अलिकति पर्दा, अलिकति लाज र अलिकति डर हुन्थ्यो, आज त्यो पर्दा र लाज समेत हटेको पनि सबैले देखेकै सत्य हो ।
-वैदेशिक हस्तक्षेप एकै दिनमा यत्तिकै हुने होइन, यसै गरी ढोका खोल्दै गएपछि त्यो संस्थागत बन्ने हो भन्ने पनि धेरैलाई थाहा नै होला ।
-नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हडप्ने जस्तो उच्च नैतिक धरातल भएकाहरू जेलमा या ढुकुटीको मुखमा, कहाँ छन् भन्ने पनि नाङ्गो आँखाले देख्न सकिने सत्य हो ।
-कोभिड़, जनस्वास्थ्य, गरिबी, बेरोजगारी, भ्याक्सिन, मल, खानेपानी र विकास जस्ता विषयमा रातदिन सिंहदरबारमा घोटिनुपर्ने प्रधानमन्त्री महिनौंदेखि बालुवाटारमा बसेर तोड्ने र फोड्ने षड्यन्त्रमा व्यस्त रहेको पनि नाङ्गो सत्य नै हो ।
-ओम्नी र सेनामार्फ़त किनिएका स्वास्थ्य सामग्रीमा अनियमितता भएको त संसदीय समितिले समेत स्वीकार गरेकै थियो । तैपनि स्वास्थ्यमन्त्री नफेरिनु र पार्टी समहमति नै भङ्ग हुने गरी अर्थमन्त्रालयमा ‘यसम्यान’ राख्ने हठ आउँदै गरेको भ्याक्सिन खरिद र कमिशनको खेल हो भन्ने पनि नलुकेको सत्य हो ।
अब भन्नुस्, मिलापत्र, सम्झौता या सहमतिले गर्ने के हो ? यिनै भ्रष्टाचार, षड्यन्त्र र स्वार्थलाई ढाकछोप गर्ने र अनियमिततालाई थप मजबुत बनाउने होइन ? यो लड़ाइँ तैंले मात्रै खाने र म किन हेरिरहने भन्नेमा होइन ? सम्झौता भनेको बाँडेर खाऊँ भन्ने होइन ? के तपाईंका नेताले भनेका शब्द र आरोप झूठा हुन् ? हुन् भने यस्तरी झुटो बोल्नेलाई फेरि महान् नेता मान्न तपाईंको आत्माले सराप्दैन ?
तपाईंहरूले बाकसमा भोट खसाल्नुभएको हो, विवेक होइन । पार्टीको शीर्ष तहमैं भ्रष्टाचारको पोल यसरी छताछुल्ल हुँदा घरको समस्या घरभित्रै हल गर्नुपर्छ भन्नु र मिलेर जानुपर्छ भन्नु प्रकारान्तरले विवेकको बलि दिनु हो । याद राख्नुस्, तपाईंको घर पार्टी होइन, देश हो । र पार्टी केही जालीहरूले एक्लै या मिलेर जालझेल गर्ने सम्झौता गर्दैमा बच्ने होइन । जालझेलमुक्त बनेर मात्रै बच्ने हो । (सामाजिक सञ्जालबाट)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार