free website hit counter

क–कसले बुझाए मुलुकलाई सबैभन्दा बढी कर (सूचिसहित)

beemaadmin
२०७७ मंसिर ८, सोमबार

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने करदाताको नामावली सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा व्यवसायी विजयबहादुर शाह परेका छन् । मदिरा उद्योगको क्षेत्रमा सबैभन्दा स्थापित उद्योग शाहको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी संचालनमा छन् । सरकारले विभिन्न क्षेत्रका करदातालाई कर दिवसको दिन वर्सेनि सम्मान गर्दै आएको छ ।

यस्तै, सबैभन्दा बढी कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत बस्तु उत्पादन र विक्री गर्ने गर्छ । बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले गत आर्थिक वर्ष ५ अर्ब ३१ करोड रुपैयाँ आयकर तिरेको थियो भने ३ अर्ब ८७ करोड रुपैयाँ मूल्य अभिबृद्धि कर (भ्याट) संकलन गरेर सरकारलाई बुझाएको थियो । निर्यातकर्ताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल परेको छ । डाबर नेपालले विभिन्न प्रकारका उपभोक्त तथा खाद्य बस्तु उत्पादन गरी विदेश निर्यात पनि गर्ने गरेको छ ।

Advertisement
Advertisement

सबैभन्दा बढी आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड परेको छ । यस्तै, कृषि एवम् पशुपंछीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अन्नपूर्ण एग्रो इन्डष्ट्रिज प्रालि, सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा नविल बैंक र बीमा व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा नेपाल पुनर्बीमा कम्पनी परेका छन् ।

Advertisement
Advertisement

आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार शिक्षा सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा मनिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रालि, विप्रेषण ९रेमिटान्स० कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आईएमई लिमिटेड, व्यापार व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा अग्नी इन्कर्पोरेट प्रालि, पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा तारागाउँ रिजेनसी होटल्स लिमिटेड, मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेका छन् ।

विभागका अनुसार आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा भिएफ सर्भिसेज ९मोरिसस० प्रालि र मूल्य अभिबृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामध्ये (मूल्य अभिबृद्धि करतर्फ २०६५–४–१ देखि २०७७ असार मसान्तसम्ममा समयमै कर विवरण रकर बुझाएका करदाता तथा आर्थिक वर्ष २०६६–०७७ मा सबैभन्दा बढी मूल्य अभिबृद्धि कर तिर्ने करदाता) मा घोराई सिमेन्ट इनडष्ट्री प्रालि परेका छन् ।

 

सम्बन्धित समाचार