free website hit counter

नेशनल लाइफको नाफा ११ करोड, खुद बीमा शुल्क ३ अर्ब नजिक

beemaadmin
२०७७ मंसिर ९, मंगलवार

काठमाडौ । सारा विश्व असहज अवस्थाका बाबजुद नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २ अर्ब ८० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही समयमा १ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ५३ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको नेशनल लाइफले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको खर्च ४ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खर्च ४ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यस आर्थिक वर्षको पहिलो ३ महिनामा कुल कायम रहेको बीमालेखको संख्या ८ लाख ८२ हजार छ ।

सम्बन्धित समाचार