free website hit counter

२० वर्षकी सैनिकको हत्यापछि सेनाका उच्च अधिकारीहरु नै संकटमा

beemaadmin
२०७७ मंसिर २६, शुक्रबार

एजेन्सी । सेनाभित्र जहाँ सुकै फलामे अनुशासन हुन्छ । त्यहाँ भित्र भएका अपराधमा क्षमा पाउने सम्भावना रहँदैन । अमेरिकी सेनाले आफ्ना १४ जना बरिष्ठ अधिकारीलाई सजाय दिइने घोषणा गरेको छ । टेक्सासमा रहेको सेनाको फोर्ट हुड बेसमा एक सैनिकको हत्या र अन्य केहीको मृत्युपछि भएको जाँचपछि सेनाले यस्तो घोषणा गरेको सीएनएनले जनाएको छ । सेनाका सेक्रेटरी रेयान म्याकर्थीले यो विषय सेनाको नेतृत्वको असफलतासँग प्रत्यक्ष सम्बन्धित भएको बताएका छन् ।

‘मैले कमाण्डर र अन्य नेतृत्वमा रहेकाहरुलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेको छु’ उनले भने । म्याकर्थीका अनुसार १४ जना बरिष्ठ अधिकारीहरुलाई पटबाट हटाइएको छ । एक अधिकारीका अनुसार यो कारवाही अमेरिकी सेनामा भएको सबैभन्दा ठूलो अनुशासनको कारवाहीमध्येको एक हो । सेनाको आन्तरिक अनुसन्धान अझै जारी छ र अगाडि थप अनुशासनको कारवाही समेत हुन सक्ने सम्भावना छ ।

फोर्ट हुडमा तैनाथ २० वर्षकी सैनिक वनीशा गुइलेनको शंकास्पद मृत्यु भएपछि स्वतन्त्र कनुसन्धान समिति गठन गरिएको थियो । अप्रिलमा बेपत्ता भएकी गुइलेनको शवको अवशेष जूनको अन्तिममा गाडिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रमम गुइलेनलाई हर्थाडाले हानेर मारेपछि हत्याराले उनको शव टाढा लगेर गाडेको र पछि हत्याराले पनि आत्महत्या गरेको खुलासा भएको थियो । गुइलेनको हत्या २० वर्षका स्पेसियालिस्ट आरोन डेभिड रबिन्सनले गरेको खुलासा भएको थियो जसले जुलाइ १ मा आत्महत्या गरेका थिए ।

‘स्पेसियालिस्ट वनीशा गुइलेनको हत्याले हामीलाई झट्का लागेको थियो र त्यहाँ गम्भीर समस्याहरु भएको खुलासा भएको थियो’ म्याकर्थीले भने ‘वनीशाको हत्याको अनुसन्धान गर्दै जाँदा फोर्ट हुडमा अन्य अपराध र मृत्युहरु पनि भएको खुलासा भयो । यसले हाम्रो नेतृत्वले पटक पटक गलत निर्णय गरेको र नेतृत्व असफल भएको समेत खुलासा भयो ।’

मंगलबाट पेश गरिएको अनुसन्धान प्रतिवेदनमा फोर्ट हुडमा भएका समस्याहरुको विस्तृत विवरण उल्लेख छ । यहाँ सैन्य सेवाका ३७ हजार सदस्यसहित कूल ६० हजार जना बस्छन् । प्रतिवेदनमा शीर्ष जनरल र अन्य बरिष्ठ अधिकारीहरुले सैनिकको हितका लागि पर्याप्त ध्यान दिन नसकेको उल्लेख छ । फोर्टबाट बेपत्ता भएका सदस्यहरुको खोजीका लागि गरिने प्रयासका साथै यौन शोषण र यौन उत्पीडनमा परेकाहरुको केसको जाँच र कारवाहीको काम पनि राम्रोसँग नभएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार