काठमाडौं । त्यसै पनि बीमा बजार जागेको बेला । त्यसमा पनि बीमा समूहले शेयरलाई उकासिरहेको बेला खुलेको प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा दोस्रो दिनसम्ममा साढे ३ गुणा बढीले आबेदन दिएका छन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार ४ः४० बजेसम्ममा ६ लाख ६८ हजार आवेदनबाट १ करोड ८६ लाख कित्ता शेयरको लागि आवेदन परेको छ। यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ३।४४ गुणा बढी हो ।
कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको हो ।
कम्पनीको आइपीओमा पुस २ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।