free website hit counter

चिनि साहु समात्ने सरकारकाे घाेषणा

beemaadmin
२०७७ मंसिर ३०, मंगलवार

काठमाडौं । उखु किसानले वर्षभरि मेहनत गरेर उखु मिलमा पुर्याएको उखुको मूल्य सिंहरदबारमा आएर रोइकराई गरेपछि बल्ल सरकार ब्यूझन्छ ।

किनकि नेपाल कृषिप्रधान देश हो । यहाँ धानखेतीका लागि ल्याउने भनिएको मल गहुँ खेती लगाइसक्दा पनि आइनपुग्दा पनि कसैले जिम्मेवारी लिनु पर्दैन । अहिले फेरि सरकारले अर्को स्वागतयोग्य निर्णय गरेको छ उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने । तर भ्रममा नपर्नु होला झिना मसिना किसानको समस्यामा चन्दा दिने मालिकलाई पक्राउ यो सरकारले गर्दैन ।

मंगलबार गृहमन्त्रालयमा भएको बैठकमा उखु किसानको रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, र स‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत सहभागी थिए ।

गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।

सम्बन्धित समाचार