free website hit counter

नेपाल स्टारको विजेतालाई एक करोडको बीमा योजना रिलायन्स लाइफको उपहार

beemaadmin
२०७७ पुष १, बुधबार

काठमाडौं । नयाँ नयाँ बीमा योजनाका साथ बीमा बजारमा आफ्नो अलग्गै पहिचान बनाएको रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेतालाई एक करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र रामकृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार