free website hit counter

१२ हजारले बुझे १ अर्ब १९ करोड कोरोना बीमा, २३ हजारको फाइल सदर

beemaadmin
२०७७ पुष ३, शुक्रबार

काठमाडौं । विविध समस्याका कारण भुक्तानीमा ढिलाई भइरहेको कोरोना बीमाको दाबी भुक्तानीको गति बढेको छ । कोरोना बीमा दावी गरेका २३ हजार ५६ जनाको फाइल बीमा पुलले सदर गरेको छ ।

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोना बीमाको लागि पेश भएका १२ हजार १९३ जनाले दावी भुक्तानी बुझेका छन् । हालसम्म एक अर्ब १९ करोड सात लाख रुपैयाँ दावी भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।

Advertisement
Advertisement

समितिका अनुसार कूल २३ हजार ५६ जनाको फाईल प्रमाणिकरण भई दावी भुक्तानीको चरणमा रहेको छ । बीमा समितिले पुस १ गतेसम्मको कोरोना बीमा दाबी भुक्तानी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो । विवरण अनुसार ५० जनाको कोरोना बीमा दावी दोहोरो परेका कारण दावी नदिने निर्णय गरेको छ ।

Advertisement
Advertisement

समितिका अनुसार दुई हजार १११ जनाको दावी प्रक्रियामा रहेको, दुई हजार ५५४ जनाको बीमा दावी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ११ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेको र एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको बीमा समितिले जनाएको छ ।

सम्बन्धित समाचार