काठमाडौं । जीवन बीमा व्यवसायमा छुट्टै पहिचान बनाएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो एघारौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वीरगंज स्थित होटल पुजनमा सम्पन्न वार्षिक सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ । कम्पनीले २०७७ असार मसान्तसम्ममा २३ अर्ब ६ करोड जीवन बीमा कोष र २४ अर्व १६ करोड रुपैयाँ लगानी तथा कर्जामा रहेको छ । त्यस्तै, चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा कम्पनीले कुल २ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
हालसम्म कम्पनीले मुलुकभर ३९ वटा शाखा तथा १ सय १ वटा उप शाखा कार्यालय मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ भने हालसम्म कम्पनीले २२ वटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । अगामी दिनहरुमा पनि कम्पनीले ७७ वटा जिल्लाको अधिकांश गाउँ गाउँमा गई बीमाको पहुँच पुर्याइ सर्वसुलभ सेवा प्रदान गर्ने तथा समय सापेक्ष आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।