काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशलाल श्रेष्ठलाई नियुक्त गरेको छ ।
श्रेष्ठ एशियन लाइफका पूर्व सञ्चालक समेत हुन्। कम्पनीको पुस ८ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीको सिईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । श्रेष्ठलाई माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सिईओमा नियुक्त गरेको कम्पनीले सूचना मार्फत जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत छन् ।