free website hit counter

नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित सर्वसम्मत

beemaadmin
२०७७ पुष १६, बिहीबार

काठमाडौं । कम्पनी सञ्चालक समितिको बैठकले नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । कम्पनीका संस्थापक सेयरधनी एसभिआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका अध्यक्ष रमेश कुमार निरौलालाई उक्त कम्पनीले फिर्ता बोलाए पछि कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।

सम्बन्धित समाचार