free website hit counter

सिटिजन लाईफ वित्तीय अवस्था मजबुद, पायो ट्रिपल बी रेटिङ

beemaadmin
२०७७ पुष १८, शनिबार

काठमाडौं । चुक्ता पुँजी पु¥याउन सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रक्रियामा रहेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था राम्रो देखिएको छ । कम्पनीले ट्रिपल बी– रेटिङ पाएसँगै कम्पनीको अवस्था राम्रो रहेको देखिन्छ । कम्पनीले जारी गर्न लागेको आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा जाँदा बीबीबी– रेटिङ पाएको हो ।

जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि गर्दछ । इक्राले देशैभरि ११३ वटा शाखा, १५ हजार भन्दा बढि अभिकर्तासहितको बलियो कम्पनीको रुपमा व्याख्या गरेको छ ।

इन्स्यारेन्सले सर्वसाधारणमा १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो । धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपुर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार