free website hit counter

केटीकाण्डमा फसे जर्साब

beemaadmin
२०७७ पुष २३, बिहीबार

फिल्म निर्देशक चेतन कार्कीको कान्छो छोरा, अमेरिकाबाट (एनडिसी) नेशनल डिफेन्स कलेज कोर्स सकेर फर्किई दुई तारे जर्नेल बन्नै लागेका सिरहास्थित २७ बाहिनीपति पङ्कज कार्की केटी काण्ड लागेपछि कार्वाही भोग्न भन्दा राजीनामा दिएर घर जान कस्सिएका छन् ।

उनलाई आफ्नै टुआइसी महासेनानी रामचन्द्र कार्की र नेपाली राष्ट्रिय फुटबल टिमको सदस्य रहिसकेका अर्का कार्की जनमत कार्कीले ब्यारेककै महिला सिपाहीको यौनशोषण गराउन गोलबजार र वरपरका होटेलमा ठाउँको बन्दोबस्त मिलाइदिने गरेको तीन महिनाअगाडि जंगीअड्डामा उजुरी परेपछि छानबिन थालिएको थियो । पहिला मध्यपूर्वी पृतनाका महासेनानी भुवन खत्रीले छानवीन गर्दा खासै कैफियत फेला नपरे पनि अझ माथिल्लो तहबाट थप बुझ्ने काम भइरहेको बताइन्छ ।

उक्त काण्डमा मुछिएका जनमत आफ्नो गृहजिल्ला कास्कीस्थित पश्चिम पृतना शिक्षालय पोखरा सरुवा भएका छन् भने पाकिस्तानमा सैनिक सहचारीको कार्यकाल सकेर फर्केका सहायक रथी हेम केसीले यस प्रकरणको विशेष अनुसन्धान गर्ने जिम्मेवारी पाएको बताइन्छ ।

रामचन्द्र भने सिरहाकै बाहिनीमा पंकजसँगै तनावपूर्ण जिन्दगी जिइरहेका छन् । यसवीच जंगी अड्डाले पुस २७ गतेलाई नेपाली सेनाको रूपमा चिनाउने दिनको रूपमा पृथ्वी जयन्ती मनाउन लागेको छ । यस अवसरमा पृथ्वीनारायण शाहका योगदानसम्बन्धी किताब निकाल्ने, उनको देनबारे इन्द्रेणी टिभी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेल (भूपू सैनिक) ले दोहोरी गीत प्रतियोगिता संयोजन गर्ने, गोर्खाबाट पल्टन एकीकरण मार्ग हुँदै हिँडेर काठमाडौं आउने तालिका बनेको छ । जनआस्थाबाट

सम्बन्धित समाचार