काठमाडौं । नेकपाभित्रको आन्तरिक विवादलाई मिलाउन नसकेर देशलाई अस्थिरताको बाटोमा धकेलिँदा बीमा समिति नेतृत्व विहीन बनेको छ । अध्यक्ष चिरञ्जीवी चापागाईको कार्यकाल आजबाट सकिएको छ ।अर्थमन्त्रालयले बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त गर्ने बिषयमा छलफल सुरु भएको जनाए पनि राजनीति अस्थिरताका कारण कसलाई ल्याउने भन्ने टुंगो लागिसकेको छैन ।
अध्यक्ष बन्ने दौडमा झण्डै दर्शन प्रत्यासी शक्ति केन्द्रको घरदैलो दौडाहामा छन् । २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार पुस २४ गते बीमा समितिमा अध्यक्षको जिम्मेवारी सम्हालेका चापागाईको कार्यकाल आजबाट सकिएको हो । चापागाईले आफ्नो कार्यकालमा बीमाको पहुँच बृद्धि गर्न सफल भएका थिए । उनकै पालामा थुप्रै नयाँ कम्पनीहरु दर्ता भई गाउ गाउँमा बीमा जनचेतना पुगेको तथ्याङ्कले देखाएको छ ।
तथापि कार्यकालको अन्तिममा आएर उनले जोखिम मोल्दै ल्याएको कोरोना बीमाले उनीमाथि प्रश्नचिन्ह मात्रै लगाए पटक पटकको अर्थमन्त्रालयको दबावपछि बल्ल कोरोना बीमाको दाबी भुक्तानी सहज भएको छ ।