free website hit counter

ज्योतिले ल्यायो ज्योति ईजी पे जीवन बीमा योजना

beemaadmin
२०७७ पुष २३, बिहीबार

काठमाडौं । नयाँ नयाँ बीमा योजना ल्याएर ग्राहकको मन जित्न सफल ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना ग्राहकमाझ ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्ष देखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यावस्था गरिएको छ । कम्पनीको उच्च पदाधिकारीहरुको उपस्थितिमा सञ्चालक समितिले उक्त योजनाको उद्घाटन गरेको थियो ।

आईएसओ ९००१ः२०१५ गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले चाँडै नै ६६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लगि निष्कासन गर्ने तयारीमा रहेको छ ।

सम्बन्धित समाचार