free website hit counter

३६ लाख मानिस स्वास्थ्य बीमाको दायरामा, ६५ जिल्लामा पुग्यो सेवा

beemaadmin
२०७७ माघ ६, मंगलवार

काठमाडौं । नेपाल सरकारले सञ्चालन गनरेको स्वास्थ्य बीमा सेवा विस्तार हुने क्रममा छ । हालसम्म यो सेवा ६५ जिल्लामा विस्तार भइसकेको छ । स्वास्थ्य बीमा बोर्डले पुस महिनामा पाँचथर, सल्यान लमजुङमा स्वास्थ्य बीमा सेवा विस्तार गरेको हो ।

७७ जिल्ला मध्ये अब १२ जिल्लामा सेवा विस्तार हुन बाँकी रहेको जनाइएको छ । बोर्डका अनुसार हालसम्म ३५ लाख जनसंख्या स्वास्थ्य बीमाको दायरामा आइसकेका छन् । पाँचथरमा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भौतिक पूर्वधार एवं यातायात मन्त्री वसन्तकुमार नेवाङ्गलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेर औपचारिक रुपमा स्वास्थ्य बीमा सेवा सुरु गरेका हुन् ।

Advertisement
Advertisement

भौतिक पूर्वधार एवम् यातायात मन्त्री वसन्त कुमार नेवाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमसँगै अब पाँचथर जनताले स्वास्थ्य बीमा सुविधा सेवा पाउने भएका छन् ।

Advertisement
Advertisement

नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमा मातहत छुट्टै स्वास्थ्य बीमा बोर्ड गठन गरी जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य बीमाको लागि पाँच जनासम्मको परिवारले तीन हजार पाँच सय रुपैयाँ तिरेपछि बार्षिक एक लाख रुपैयाँको औषधोपचार खर्चको दायित्व बहन गर्नेछ ।

सम्बन्धित समाचार